चितवन,भदौ १९ : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामवहादुर थापा (बादल)लाई मातृशोक परेको छ ।
बादलकी आमा नन्दकुमारी थापाको ९४ बर्षको उमेरमा आइतबार विहान ७ बजे चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको एमाले चितवन जिल्ला सदस्य सुरज थपलियाले जानकारी दिए ।
नन्दकुमारीको ११ः३० बजे देवघाटमा अन्तिम संस्कार गरिने परिवार स्रोतले जनाएको छ ।

