चितवन,भदौ १९: चितवन क्षेत्र नम्बर २ मा संघिय सांसदको उम्मेदवारका लागि नेपाली काँग्रेसबाट पाँच जनाको नाम सिफारिस भएको छ । आवेदनको आधारमा क्षेत्रिय कार्यसमितिले पाँच जनाको नाम प्रदेश र केन्द्रमा सिफारिस गरेको हो । जसमा राज्यमन्त्री उमेश श्रेष्ठ,निवर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ,जिल्ला सभापति राजेश्वर खनाल,युवा नेता राजन कार्की र प्रकाश अधिकारी रहेका छन् । यी पाँच नेता मध्येवाट एक जना मंसिर ४ गते हुने निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नेछन् । यस्तै चितवन २ बाट समानुपातिकका लागि शान्ति परियार विक,गौरी कुमारी श्रेष्ठ,शालिग्राम शर्मा पौडेल,रामकुमार श्रेष्ठ र पवित्रा केसीको नाम सिफारिस गरिएको क्षेत्रिय सभापति भरत प्रसाद लामिछानेले जानकारी दिनुभयो ।
राज्यमन्त्री उमेश श्रेष्ठसहित चितवन क्षेत्र नं. २ मा सांसदको उम्मेदवारका लागि काँग्रेसबाट पाँच नेता सिफारिस
राज्यमन्त्री उमेश श्रेष्ठसहित चितवन क्षेत्र नं. २ मा सांसदको उम्मेदवारका लागि काँग्रेसबाट पाँच नेता सिफारिस
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

