नयाँबजार,१८ भदौ । श्री लक्ष्मीदेवी दुग्ध उत्पादक सहकारीको २८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । भरतपुर २० नयाँबजारमा सहकारीले आज एक कार्यक्रमको आयोजना गर्दै सहकारीले २८ औ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रममा भरतपुर वडा न।२० का वडा सदस्य भोजराज लामिछानेको प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सस्थाका उपाध्यक्ष रामकान्त ढकालले राख्नु भएको थियो भने आर्थिक प्रतिबेदन ज्योति प्रसाद वाग्लेले राख्नु भएको थियो । लक्ष्मी प्रसाद वाग्ले पुर्व अध्यक्ष कृष्ण प्रसाद अधिकारी,शिव प्रसाद शर्मा लगायतले कार्यक्रममा मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा लक्ष्मीदेवी दुग्ध उत्पादक सहकारीका सदस्उहरु, सनीय लगायत सहकारी प्रेमीहरुको पनी उपश्थीती रहेको थियो । सहकारीका अध्यक्ष विकल घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


