भरतपुर । नेकपा माओवादी केन्द्र चितवनले निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम सिफारिस गरेको छ । उनको एकल नाम सिफारिस गरिएको पार्टी जिल्ला सचिव द्रोण शिवाकोटीले जानकारी दिए ।
यसै निर्वाचन क्षेत्रको प्रदेश ‘क’ को प्रत्यक्षतर्फ अञ्जन तिमिल्सिना, ऋषि चापागाईं र प्रकाश कँडेलको नाम संकलन भएको छ । प्रदेश ‘ख’ मा प्रत्यक्षतर्फ सूर्य सुवेदी पथिक, यमबहादुर परियार, ठाकुर ढकाल, द्रोण शिवाकोटी, सुमन बराल, गोपाल न्यौपाने र प्रभु महतोको नाम रहेको छ । यस निर्वाचन क्षेत्रको समानुपातिकतर्फ नेत्र काफ्ले, विष्णु चौधरी, अम्बिका लामिछाने, देवीराम विक, निशा न्यौपाने, सुरेन्द्र गुरूङ, नन्दलाल दाहाल, राजकुमार श्रेष्ठ रहेका छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ पार्टी जिल्ला संयोजक रामचन्द्र अधिकारी र सचिव द्रोणबाबु शिवाकोटी रहेका छन् । यस क्षेत्रको प्रदेश ‘क’ मा घनश्याम दाहाल र रामध्वज डल्लाकोटी रहेका छन् । ‘ख’ प्रदेशमा भने निशा न्यौपाने र यदुमणि कँडेल रहेका छन् ।
समानुपातिकतर्फ संघमा रणेन्द्र वराली, डण्डपाणि पौडेल, शर्मिला विक, काशिम मियाँ, गोपाल कुँवर रहेका छन् । प्रदेश समानुपातिकमा ईश्वर सापकोटा सुमन, पवित्रा रिजाल, करण आग्री, उत्तम गुरूङ, विष्णु कोइराला, सरिता गुरूङ, जानकी काफ्ले, नवीन विसी, अप्सरा पौडेल, सविता लामा, कुल विक र रत्नलाल कँडेल आकाङ्क्षी रहेको जिल्ला सचिव द्रोण शिवाकोटीले जानकारी दिए ।

