फूलबारी । ६०औँ नेपाल रेडक्रस दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी महेन्द्रचोक उपशाखाले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । विसं २०२० साल भदौ १९ गते रेडक्रस अभियानको अङ्गका रुपमा नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाका सभापति श्री ज्ञानशाली न्यौपाने प्रमुखअतिथि रहेको कार्यक्रममा उपशाखा भवनवरिपरि तथा महेन्द्रचोकवरिपरि सरसफाइ गरिनुका साथै मनकामना र भद्रकाली टोल विकास संस्थालाई डस्टबिन वितरण गरिएको थियो । उक्त अवसरमा उपशाखालाई मनोसामाजिक सहयोग परियोजनाको तर्फबाट करिब २ लाखबराबरको अफिस सामग्री जिल्ला शाखाद्वारा हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा चितवन जिल्ला शाखाका उपसभापति विदुर केसी, चितवन जिल्ला शाखाका मन्त्री हरि पौडेल, भरतपुर महानगरपालिका वडा नम्बर–१५ का वडा सदस्य पुष्पराज अर्याल, चितवन जिल्ला शाखाका सदस्य हरिश्चन्द्र महतो, मनोसामाजिक सहयोग परियोजनाका कार्यक्रम अधिकृत मनोविद् प्रदीप सुवेदी, उपशाखाका पूर्वसभापति विष्णुमाया न्यौपाने, मनकामना टोल विकास संस्थाका अध्यक्ष लक्ष्मी न्यौपाने, भद्रकाली टोल विकास संस्थाका अध्यक्ष इन्द्रबहादुर रिमाल, उपशाखाका निवर्तमान सभापति बुद्धिसागर चापागाईं, उपशाखाकी उपसभापति रमादेवी सिलवाल, उपशाखाका उपसचिव शेरबहादुर विकलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उपशाखा सभापति जीवन केसीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

