चितवन, भदौ २१ : आज अपरान्हदेखि भइरहेको निरन्तरको वर्षाले भरतपुरका विभिन्न स्थान जलमग्न भएका छन् ।
भरतपुरको हाकिमचोक, नारायणगढको लायन्सचोक, क्षेत्रपुरलगायतका विभिन्न क्षेत्रका सडकहरु जलमग्न भएका छन् ।
हाकिमचोकका केही पसल भित्र समेत पानी पसेको छ । ढल बिना सडक गर्दा अधिकांश ठाउँ जलमग्न भएको हो ।
स्रोत : नारायणीअनलाइन

