काठमाडाैँ महानगरपालिकाले महानगर क्षेत्रभित्र निर्माण गरिएका सरकारी, संस्थागत, निजी अथवा जुनसुकै प्रकृतिकाे भवन भए पनि ९० दिनभित्र नक्सा पेस गरी नक्सा स्वीकृत /नियमित गर्न निर्देशन दिएकाे छ।
महानगरले बिहीबार सूचना प्रकाशित गर्दै नक्सा पेस गरी नक्सा स्वीकृत /नियमित गर्न निर्देशन दिएकाे हाे।
महानगरले नगर सभाकाे एघाराैँ अधिवेशनबाट आर्थिक वर्ष २०७९/०८० काे नीति तथा कार्यक्रममा प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुरूप निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरूलाई एक वर्षभित्रमा नक्सा पास गरी नियमित गर्न आह्वान गरिनेछ भन्ने नीतिसमेत उल्लेखित भई पारित भएकाले साे कार्यान्वयन गर्न याे सूचना प्रकाशित गरिएकाे जनाएकाे छ।
महानगरले ताेकिएकाे समयभित्र नक्सा पेस नगरे त्यस्ता भवनहरूकाे विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन एन २०७७ र प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयकाे निर्णय बमाेजिम कारबाही हुने चेतावनी दिएकाे छ।

