विनोद अधिकारी ,दिव्यनगर, २५ भदौ । आदर्श माध्यमिक विद्यालय दिव्यनगरले आफ्नो ६३ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषि राम भण्डारीको अध्यक्षतामा ६३ औ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम स्कुल प्राङ्गणमा शुक्रवार सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् भरतपुर २६ का वडाअध्यक्ष ज्ञान प्रसाद खनालले सामुदायिक विद्यालयको उचित ब्यवस्थापन गरि ब्यावहारिक तथा रोजगार मूलक शिक्षामा लाग्न जोड दिए । खनालले सामुदायिक विद्यालयलाई अगाडी बढाउन आफ्नो तथा वडाको तर्फबाट हर कदम सहयोग गर्न तयार रहेको बताउँदै विद्यार्थीहरुले मात्र नभई सबै शिक्षक शिक्षिकाहरुले समेत नियमित रुपमा विद्यालय पोशाक लगाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विद्यालयको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रधानाध्यापक मित्रबन्धु चापागाईले प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा बिद्यालयका जग्गादाताहरु, विद्यालय ब्यवस्थापन समितीका पूर्व अध्यक्षहरु, विद्यालयका संस्थापक सदस्य , विद्यालयका पूर्व प्रध्यानाध्यापकहरु , संस्थापक तथा पूर्व शिक्षकहरुलाई समेत सम्मान पत्रले सम्मानित गरिएको थियो । कार्यक्रममा विद्यालयलाई विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यातित्व तथा आर्थिक रुपमा सहयोग गर्ने पूर्व विद्यार्थीहरु तथा अतिरिक्त क्रियाकलाप र पढाइमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको विद्यालयका शिक्षक देवेन्द्रशाली घिमिरे ले जानकारी दिनुभयो ।
कार्यक्रममा ग्रेस इन्टरनेशन संस्थाले ५ जना लाई जनही ५ हजार का दरले रु २५ हजार छात्रवृत्ति वितरण गरेको थियो । विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्न पाउँदा खुसी लागेको बताउदै अगामी दिनमा विद्यालयमा आवश्यक पर्ने सहयोग गर्ने ग्रेस इन्टरनेशनका प्रबन्धक निर्देशक रामचन्द्र पोख्रेलले बताउनु भयो ।
विद्यालयको वार्षिकोत्सब समारोहमा चित्रलाल शेर्जन , शैक्षिक प्रशासन महाशाखा अधिकृत दिपक सिग्देल, नेपाली काङ्ग्रेसका नेता पुरुषोतम कमल ढकाल, एमाले नेता भुपालनाथ कंडेल, माओवादि केन्द्रका गोपिलाल सेन्चुरी, एकिकृत समाजवादिका शोभाकान्त पोख्रेल, पूर्व गाविस अध्यक्ष वुद्दि वहादुर गुरुङ, इश्वरी अधिकारी लगायत अतिथिहरु रहेको थियो । कार्यक्रम शिक्षक देवेन्द्रशाली घिमिरले संचालन गर्नुभएको थियोे भने वडा सदस्य सावित्री ढकालले स्वागत मतब्य राख्नु भएको थियो ।

