भरतपुर, २५ भदौ : भरतपुर ४ स्थित वाल्मीकि शिक्षा सदनमा बिभिन्न बिद्यालयका २५ जना गणित शिक्षक विचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ | वाल्मीकि शिक्षा सदन , होलि भिजन पब्लिक स्कुल, अंकुरम एकेडेमी, बिद्या विकासका कक्षा ३ देखि १० सम्म अध्यापन गर्ने गणित शिक्षकहरुको अन्तरक्रियात्मकतालिम कार्यक्रमको अध्यक्षता वाल्मीकि शिक्षा सदनमा प्राचार्य श्री प्रदिप पौडेलले गर्नु भएको थियो |
वाल्मिकी शिक्षा सदनका शैक्षिक प्रमुख प्रकाश सुवेदीले संचालन गर्नुभएको कार्यक्रममा भरतपुर प्याब्सनका सचिव मिनराज वस्ताकोटी , चितवन हिसानका सचिव एवं वाल्मिकिका प्राचार्य प्रदिप पौडेल , स.प्राचार्य दुर्गा प्रसाद घिमिरेले गणितको महत्व बारे प्रकाश पार्दै स्वागत मन्तव्य राख्नु भाको थियो |
गणित शिक्षा परिषद् चितवनका अध्यक्ष देवी प्रसाद पौडेल र कोषाध्यक्ष एवं वाल्मिकिका शैक्षिक प्रमुख प्रकाश सुवेदीले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको उक्त कार्यक्रममा सहभागीहरुले रमाइलो वातावरण सिर्जना गरि गणित सिक्ने र सिकाउने तरिकाहरु बारे जानकारी पाएकोमा खुसि व्यक्त गरेका थिए |

