नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।
आइतबार फेसबुकमा स्टाटस लेख्दै अल्मुताइरीले नेपाली फुटबल टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । अल्मुताइरी प्रमुख प्रशिक्षक भएको ५२५ दिनपछि जिम्मेवारीबाट अलग भएका हुन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले कतार फुटबल संघसँगको सहयोगमा अल्मुताइरीलाई नेपाली टोलीको मुख्य प्रशिक्षकका रूपमा भित्र्याएको थियो ।

