चनौली । लामिछाने बन्धु समाजको पश्चिम चितवनको अध्यक्षमा कृष्णप्रसाद लामिछाने चयन भएका छन् । सोमबार पश्चिम चितवनको चनौली बजारमा भएको भेलाले उनको अध्यक्षतामा १७ सदस्यीय पश्चिम चितवन क्षेत्रीय समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा हरिश्चन्द्र लामिछाने र अच्यूत लामिछाने चयन भएका छन् भने सचिवमा श्यामराज लामिछाने र सदस्यहरुमा राम थापा लामिछाने, शेषनाथ लामिछाने, हरिप्रसाद लामिछाने, ईश्वरीराम लामिछाने, शोभा लामिछाने, जमुना लामिछाने, प्रकाश लामिछाने, रूद्र लामिछाने, रीता लामिछाने, चूडामणि लामिछाने, बाबुराम लामिछाने र श्रीभक्त लामिछाने सर्वसमत भएका छन् ।
समाजका केन्द्रीय अध्यक्ष श्रीधर लामिछानेको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो । उक्त भेलामा बोल्दै उनले भरतपुर महानगरपालिका–१, देवघाटमा गर्ग गोत्रीय लामिछाने बन्धुहरुको अत्याधुनिक आश्रम निर्माण भएको बताए ।
आश्रम ५ तल्लाको रहेको भन्दै पहिलो तल्लामा एक कोठा स्टोरका रुपमा र अरु कोठाहरुमा भान्सा रहने उनले बताए । त्यसपछि दोस्रो तलामा पूजाआजा, रूद्रीजस्ता कार्यहरु गर्ने भन्दै बाँकी २ तलामा सुत्ने कोठा रहने र अन्तिम तथा पाँचौँ तलामा योग तथा ध्यान केन्द्र हुने उनले बताए ।
झन्डै ५ करोडको लागतमा निर्माणाधीन गर्ग आश्रममा आजीवन सदस्यता पाउनका लागि पाँच हजार रूपैयाँ तिर्नुपर्नेछ भने त्योभन्दामाथि सहयोग दिनेहरुको भित्ते लेखनदेखि स्वर्णपत्रमा नाम लेखिने पनि उनले बताए । नेपालभरका लामिछाने बन्धुहरु देवघाट आउने क्रममा एक छाक खाना र एक रात बस्नका लागि निःशुल्क व्यवस्था मिलाउने योजना रहेको अध्यक्ष लामिछानेले बताए ।
लामिछाने बन्धु समाजको भेलाले कृष्ण प्रसाद लामिछानेलाइ अध्यक्ष चुन्यो
लामिछाने बन्धु समाजको भेलाले कृष्ण प्रसाद लामिछानेलाइ अध्यक्ष चुन्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

