आज श्री शाके १९४४ बि.स.२०७९ भदौ २९ गते बुधबार (इश्वी सन २०२२ सेप्टेम्बर १४ तारिख) आश्विन कृष्णपक्ष चतुर्थी पश्चात पञ्चमी तिथी अश्विनी पश्चात भरणी नक्षत्र ध्रुब योग बालव करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा मृत्यु योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु पञ्चमीश्राद्ध बाल दिवस इन्द्रध्वजपातन नानीचाया ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
गरिरहेको काममा सफलता पाउनु हुनेछ । शुवेच्छुक, शुभचिन्तकहरु संख्या बृद्धि हुनेछन् । पारिवारीक कलहको सामना गर्नु पर्ने हुन्छ । सवारी साधनको प्रयोगमा ख्याल गर्नुहोला । बढी खर्च गर्नु पर्ने अवस्थाको श्रृजना हुन सक्दछ । आट, शाहसको कमी हुन सक्दछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ । अनावश्यक खर्चको स्थिती बन्न सक्दछ । अनावश्यक लगानीको प्रस्ताव आउन सक्दछ । दाजु भाईसंग सामान्य मनमुटाव हुन सक्दछ । साथीभाईहरुसंग दुरी बढ्नेछ । नयाँ चिनजान भएका व्यक्तिहरुले धोका दिन सक्दछन् ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिस्पर्धिहरुसंग विजयी प्राप्त गर्नु हुनेछ । आय आर्जनमा बृद्धि हुनेछ । नयाँ कार्य गर्नका लागि राम्रो समय रहेको छ । मन प्रशन्न हुनेछ । शारिरिक आलस्यताले सताउनेछ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । यात्रा गर्ने क्रममा सामान्य आर्थिक अभावको सामाना गर्नु पर्ने हुन सक्दछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अधुरा कार्य पुरा हुने छन् । मित्रहरुबाट साथ, सहयोग पाउनु हुनेछ । शारिरिक आलस्यताले सताउनेछ । अकस्मात स्वास्थ्य समस्या देखा पर्न सक्दछ । सभा, सम्मेलन जस्ता कार्यमा सहभागि हुन मन जानेछ । सामाजिक कार्य गर्न मन जानेछ । हतारमा काम गर्नाले अपजस सहनु पर्ने स्थिती श्रृजना हुन सक्दछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनोरञ्जनात्मक कार्यमा सहभागि हुन मन जानेछ । सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाँईको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामान्य स्वास्थ्य समस्याले सताउनेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ । मित्रजनहरुबाट सहयोग मिल्नेछ । आय आर्जनमा बृद्धि हुनेछ । भौतिक साधनको प्रयोगमा बढि समय व्यतित हुनेछ । दाजुभाईसंग सामान्य दरार आउन सक्दछ । जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । मान्यजनको साथ सहयोगमा कमी आउनेछ । नयाँ कार्यको थालनी हुनेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनमा डर उत्पन्न हुन सक्दछ । छिटो गर्छुभन्दा झनै ढिला सम्पादन हुनेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । विलासी सामान खरिद गर्न मन जानेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रिय ब्यक्तिहरुसंग भेटघाट गर्ने अवसर प्राप्त हुनेछ । पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । बौद्धिक ब्यक्तित्वसंगको भेटघाटको अवशर जुट्नेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुनेछ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्नेछ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । सामुहिक कार्य गर्न मन जानेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बोली प्रभावमा कमी आउनेछ । नयाँ कार्यको थालनीका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्तजनहरुबिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । नजिकका ब्यक्तिबाट बिश्वासघात हुन सक्छ । निर्णय लिने क्षमतामा कमी आउनेछ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मान्यजनहरुसंगको सम्बन्धमा सामान्य खटपटको स्थिती बन्न सक्दछ । सन्तानबाट सुख प्राप्त हुनेछ । जीवनसाथीको सहयोगबाट कार्य गर्दा सफलता पाउनु हुनेछ । पठन पाठनका निम्ति राम्रो रहेको छ । मनोरञ्जनमुलक क्रियाकलापमा मन जानेछ । बोलीको प्रभाव बढ्नेछ ।

