यहि मङ्सिर ४ गते हुनलागेको संघिय निर्वाचनको सरगर्मी बढ्दो छ। गठबन्धनमा रहेका दलहरुले अझै सिट संख्या टुङ्ग्याउन सकेका छैनन्। नेपाली कांग्रेसका विभिन्न जिल्लाका नेताहरु टिकट माग्न शिर्षस्थ नेताहरुकोमा धाउन थालेका छन्। देशैभरिबाट टिकट माग्नेको संख्या धेरै तर गठबन्धनका दलहरुबीच टिकट भागबन्डा गर्नुपर्ने अवस्थामा गठबन्धन दलका शिर्षस्थ नेताहरुलाई आफ्नो दल भित्रका नेता कार्यकर्ताहरुलाई चित्त बुझाउन हम्मे हम्मे पर्ने देखिएको छ।
यसै बीच देशैभरको नजर प्रचण्डको गृहजिल्ला चितवनमा परेको छ। गठबन्धनका दलमध्य सर्वोच्च नेता मानिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल चितवनबाट निर्वाचनमा उठ्ने विचार व्यक्त भईसकेको अवस्थामा सबैको ध्यान चितवन तानिएको हो। हिजो स्थानीय तहको निर्वाचनमा गठबन्धनका विरुद्ध बोल्दै हिंड्ने गठबन्धन हुनुहुँदैन भन्ने नेपाली कांग्रेस चितवन जिल्लाको नेतृत्व गर्ने नेताहरु समेत निरन्तर खुमलटारमा टिकट माग्न लबीङ्ग गरिरहेको एक विश्वासिलो श्रोत बताउँछ।
माओवादी अध्यक्ष प्रचण्ड गठबन्धन दलबाट चितवन क्षेत्र नं ३ मा उम्मेदवार बन्न सक्ने विषय आइसकेकाले जिल्लाबाट नाम सिफारिस गरेर केन्द्रमा पठाइसकेको अवस्थामा भने अहिले नेपाली कांग्रेस चितवनका उम्मेदवारका आकांक्षीहरु टिकट माग्न खुमलटारमा बिहानै देखि कुरेर लाईन बस्न थालेको खुमलटार निकट श्रोत बताउँछ।
चुनावका बेला समुह परिवर्तन टिकट लिने मेसो
नेपाली कांग्रेस चितवनका नेतृत्वकर्ताहरुले पार्टी अधिवेशन एवं चुनावका बेला पार्टिका शिर्षस्थ नेताहरुको समुह परिवर्तन गरि आफ्नो अनुकुल बनाउन माहिर देखिएका छन्। पार्टी अधिवेशनका बेला शेखर कोइराला समुहमा देखापरेका नेताहरु स्थानीय निर्वाचन हुँदा फरक र आगामी मङ्सिर ४ मा हुन गईरहेको चुनावको लागि टिकट लिन प्रकाश शरण महतको मा पुगेको कांग्रेस निकट श्रोतबाट खबर प्राप्त भएको छ।
यसरी आफु अनुकुल हुने गरि समुह परिवर्तन गरिरहँदा पार्टी भित्र समुह गुट उपगुटको अस्थिर राजनीति मौलाएकोले यसको अन्त्य हुनुपर्ने कांग्रेस कार्यकर्ताहरुको भनाई रहदै आएको छ ।

