चितवन भाद्र ३१ : विगत १६ वर्षदेखि शैक्षिक परामर्श गर्दै आइरहेको ग्रेस इन्टरनेसनल चितवनले युके र क्यानाडा जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै “अप्लाई ढुक्क भएर” नाराका साथ शैक्षिक मेलाको आयोजना गर्ने भएको छ। असोज २ गते आइतबार ग्रेसको शहिदचोक स्थित आफ्नै कार्यालय भएकोमा भवनमा हुन लागेको उक्त मेलामा बेलायत र क्यानाडाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु संग सिधै आँफुले पढ्न चाहेको विषयमा आधिकारिक सुचना पाउन सकिने र सोहि अनुसार आफ्नो भविष्यको निर्धारण गर्न सकिने ग्रेस इन्टरनेसनल चितवनका निर्देशक गणेश लामिछानेले बताए।
विद्यार्थीहरुले आफ्नो शैक्षिक प्रमाणपत्रहरु सहित उपस्थित भएमा आफ्नो योग्यता र रुचि अनुसारको विषय छनोट गर्न पनि सहज हुने साथै त्यसकै आधारमा छात्रवृति पनि पाउन सकिने लामिछानेले बताए। मेलामा उपस्थित हुने सम्पूर्ण विद्यार्थीहरुलाई विशेष छुटका साथ आइएल्स र पिटिइको डिस्काउन्ट भौचर पनि उपलब्ध गराइने साथै आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था रहेको पनि आयोजक संस्था ग्रेस इन्टरनेसनलले जानकारी दिएको छ।
अष्ट्रेलियाले केहि समय यता विद्यार्थीहरुलाई कडाई गरेको हुनाले सुनिश्चित भविष्य र शैक्षिक गुणस्तरका कारण पछिल्लो समय युके र क्यानाडा नेपाली विद्यार्थीहरुको शैक्षिक गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । विद्यार्थीहरुको आवश्यकता अनुसार अष्ट्रेलिया/अमेरिका/युके र क्यानाडा शैक्षिक मेलाको आयोजना गर्दै आइरहेको ग्रेस इन्टरनेसनलले १६ वर्ष देखि हजारौं विद्यार्थीहरुको भविष्य निर्माणमा सहयात्री बन्दै आइरहेको छ। निशुल्क शैक्षिक मेलामा उपस्थित हुनको लागि यो लिंकमा थिच्नुहोला र लक्की विजेता बनेर आकर्षक गिफ्ट ह्याम्पर जित्नुहोस।

