निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीको नमुना मतपत्र सार्वजनिक गरेको छ। शुक्रबार आयोगले आफ्नो वेबसाइटमार्फत नमुना मतपत्र सार्वजनिक गरेको हो।
आगामी ४ मंसिरमा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ। यसका लागि आयोगले समानुपातिक निर्वाचन प्रणालीको नमुना मतपत्र सार्वजनिक गरेको हो।
आयोगले प्रतिनिधिसभाको र प्रदेशसभाको छुट्टै नमुना मतपत्र सार्वजनिक गरेको छ। यस्तै, सात वटा प्रदेशको पनि छुट्टाछुट्टै मतपत्र सार्वजनिक गरेको छ।

