राष्ट्रिय सभाले स्वीकृत गरेको बिमा विधेयक, २०७५ लाई प्रतिनिधिसभाको बैठकले शुक्रबार पारित गरेको छ। यो विधेयक करिब साढे ४ वर्षपछि गत २९ साउनमा प्रतिनिधिसभाबाट स्वीकृत भएको थियो।
सो विधेयक राष्ट्रिय सभाको २१ भदौको बैठकले सर्वसम्मत स्वीकृत गरेको थियो। राष्ट्रिय सभाले पारित गरेको विधेयक पुनः प्रतिनिधिसभामा पेस भई पारित भएसँगै अब लालमोहरका लागि राष्ट्रपतिकहाँ पठाइनेछ।
राष्ट्रपतिले लालमोहर लगाएपछि विधेयक ऐनमा परिणत हुनेछ। राष्ट्रपतिबाट लालमोहर लागेको ऐन सरकारी राजपत्रमा प्रकाशित हुनेबित्तिकै कार्यान्वयनमा आउनेछ।

