नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमकी नेतृ तथा प्रमुख सचेतक दुर्गा बिक नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छन्। शुक्रबार विक समाजवादी छाडेर माओवादीतिर लागेकी हुन्।
उनीसहित थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं एकीकृत समाजवादीका काठमाडौं-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी, jlक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावतलगायत पनि माओवादीमा प्रवेश गरेका छन्।
उनीहरूलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका थिए। बिक एमाले विभाजनपछि समाजवादीमा लागेकी थिइन्। तर उनी समाजवादी पनि छाडेर माओवादीमा प्रवेश गरेकी हुन्।

