असोज १ / भरतपुर : भरतपुर महानगरका कार्यबाहक नगर प्रमुख आदरणीय चित्रसेन अधिकारीले भरतपुरका औषधि पसलहरुमा व्यापक चलखेल भएको जनगुनासो आएको भन्दै छिट्टै अनुगमन गरिने बताउनु भएको छ । महानगरमा व्यापक रुपमा जनगुनासो आएको छ, कार्यबाहक नगर प्रमुख अधिकारीले भन्नू भयो, अब महानगर छिट्टै एक्सनमा जान्छ ।नेपाल फार्मेसी सघ चितवनले शनिबार भरतपुरमा आयोजना गरेको जिल्ला स्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रमलाई उद्वघाटन गर्दै कार्यबाहक नगर प्रमुख अधिकारीले नागरिकको स्वास्थ्य माथी खेलवाड गर्ने छुट कसैलाई पनि नभएको बताउनु भयो । उहाँले सि एम ए अध्ययन गरेका विद्यार्थीहरुले भरतपुरमा फार्मेसी पसल सन्चालन गरेको जनगुनासो व्यापक आएको पनि प्रष्ट पार्नु भयो ।

स्वास्थ्य क्षेत्र मानवका लागि अति नै महत्त्वपूर्ण क्षेत्र भएकोले कुनै पनि व्यक्ति वा संघ संस्थाले जान अन्जानमा लापरबाही गर्न नहुने उहाँको तर्क छ ।
मानव जीवन सग प्रत्यक्ष सम्बन्ध राख्ने औषधि जस्तो संवेदनशिल क्षेत्रमा लापरबाही नगर्न फार्मेसीसंग सम्बन्धित निकायहरूलाई पनि उहाँले आग्रह गर्नु भयो ।
पछिल्लो समय भरतपुर मेडिकल सिटि र औषधिको हब बन्दै गएको प्रती खुशी व्यक्त गर्दै उहाँले आगामी दिनहरुमा अझ खुशी थप्ने काम नेपाल फार्मेसी संघले गरोस भन्ने पनि शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा चितवनका सातै पालिकाका प्रमुख, उप प्रमुख तथा वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरुको सहभागिता रहेको थियोे ।

नेपाल फार्मेसी संघ चितवनले जिल्लाका जनप्रतिनिधिहरुको उपस्थितिमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । विश्व फर्मासिस्ट डे २५ सेप्टेम्बरको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको हो ।
जिल्ला समन्वय समिति चितवनको सभाहलमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले औषधि पसलहरुमा व्यापक चलखेल भएको जनगुनासो आएको भन्दै छिट्टै अनुगमन गरिने बताउनु बताउनुभयो । स्वास्थ्यमाथी खेलवाड गर्ने छुट कसैलाई पनि नभएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “सिएमए अध्ययन गरेका विद्यार्थीहरुले फार्मेसी पसल सञ्चालन गरेको जनगुनासो व्यापक आएको छ ।” पछिल्लो समय भरतपुर औषधिको हब बन्दै गएको प्रति खुशी व्यक्त गर्दै उहाँले आगामी दिनहरुमा अझ खुशी थप्ने काम नेपाल फार्मेसी सघले गरोस् भन्ने शुभकामना दिनुभयो ।
भरतपुर महानगरपालिका वडा नं. १० का अध्यक्ष परमेश्वर खनालले अनुगमनभन्दा पनि आफै सुध्रेर शुरुवात गर्न आग्रह गर्नुभयो । फर्मासिस्ष्टको सही सदुपयोग गरी गुणस्तरीय सेवा प्रवाह गर्न उहाँको सुझाव छ ।
संघका अध्यक्ष रामजी घिमिरेले सिएमए फर्मासिष्ट स्वास्थ्य क्षेत्रको अभिन्न अंग भएता पनि ८० प्रतिशत औषधि पसल सिएमए तथा अन्यले संचालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो “लाईसेन्स भाडामा लिएर औषधि पसल सञ्चालन गरिएको छ ।”
पिनका जिल्ला अध्यक्ष प्रकाश सुवेदीले फार्मेसीसँग असम्बन्धित सप्लिमेन्टको कारोबार गरी स्वास्थ्यमाथि खेलवाड भएको भन्दै फार्मेसी अनुगमन प्रभावकारी बनाउन माग गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष विनोद पन्तले सबै स्वास्थ्य निकाय एक भएर अगाडि बढे मात्रै स्वास्थ्य क्षेत्रमा सुधार हुने बताउनुभयो । कार्यक्रम संयोजक सुशिल सिग्देलले स्थानीय तहमा फर्मासिस्ट दरबन्दी कायम हुनेमा विश्वास व्यक्त गर्नुभयो । ओमकार सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा कार्य समिति सदस्य विनय सापकोटाले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय तहलाई फार्मेसी अनुगमनको अधिकार रहेको भन्दै पालिकाहरुमा फर्मासिष्ट दरबन्दी सिर्जना गरी उनीहरुमार्फत् अनुगमन गराउनु पर्ने सुझाव दिनुभयो ।

