प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि समानुपातिक उम्मेदवारको बन्दसूची तयार पार्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । अहिले केही बेरमा अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बस्न लागेको हो ।
निर्वाचन कार्यतालिकाअनुसार आइतबार र सोमबार समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने छ । ११० प्रतिनिधिसभा र सातवटै प्रदेशसभाका समानुपातिक सांसदका लागि एमालेले आफ्ना उम्मेदवार तय गर्न लागेको हो ।

