निराज रानाभाट , भरतपुर , चितवन : चितवन जिल्लाको भरतपुरका गीतकार सन्तोष पन्तको नयाँ दशैं गीत सार्वजनिक भएको छ । पन्तको शब्दमा रहेको ‘ ह्याप्पी दशैं २ ’ बोलको गीत असाेज ०२ गते , आइतबार ( अाज ) उनको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा पन्तकै संगीत रहेको छ भने गीतमा चर्चित गायक राजु ढकाल , चर्चित गायिका देवी घर्ती र चर्चित गायक रविन लामिछानेले स्वर दिएका छन् । गीतमा संगीत संयोजन सुनिल परियारको रहेको छ । गीतमा दशैं र गाउँ – घरलाई जोडिएको छ ।
मदन खड्का निर्देशित भिडियोमा गीतकार पन्तसँगै शिशिर पौडेल , सुश्मा ढकाल , सन्जिता भण्डारी , रोशिका ढकाल लगायतको अभिनय छ । प्रकाश खड्का र अरुण न्यौपानेले खिचेको भिडियो विकास ज्ञवालीले सम्पादन गरेका छन् ।
गीतले युट्युबमा राम्रो प्रतिकृया पाइरहेको छ । पन्तले यस अघि गत वर्षको दशैंमा ‘ ह्याप्पी दशैं ’ बोलको गीत ल्याएका थिए । उक्त गीतलाई दर्शक स्रोताले निकै रुचाएका थिए ।
उक्त गीतको अफिसियल मिडियामा ` चित्रवन खबर ´ लगायत मिडिया रहेका छन् ।

