निराज रानाभाट , ललितपुर : कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानको ` प्रथम साधारण सभा , ऐतिहासिक पुस्तक विमोचन र दशैं तिहार शुभकामना कार्यक्रम ´ यहीँ असाेज ०८ गते , शनिबार , हुँदै छ ।
` कश्यप गोत्रीय रानाभाट प्रतिष्ठान : पितापुर्खाहरुप्रतिको हार्दिक सम्मान ´ भन्ने मुल नारासहित वि.सं. २०७८ सालमा स्थापना भएको कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानले ` प्रथम साधारण सभा , ऐतिहासिक पुस्तक विमोचन र दशैं तिहार शुभकामना कार्यक्रम ´ आयोजना गरेको हो ।
कार्यक्रम भने गण्डकी प्रदेशमा पर्ने तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका – ०२ , बगुवास्थित रोयल्स हाेम रिसोर्ट प्रा.लि. सम्पन्न हुने भएको छ ।
कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानको ` प्रथम साधारण सभा , ऐतिहासिक पुस्तक विमोचन र दशैं तिहार शुभकामना कार्यक्रम ´ लाई भव्य समारोहकाबीच सम्पन्न गर्न राजधानी काठमाडौं र गण्डकी प्रदेशमा पर्ने नवलपुर जिल्लाको गैंडाकोट र कास्की जिल्लाको पोखरामा कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानले प्रारम्भिक बैठक समेत गरिसकेको छ ।
देश तथा विदेशबाट गरि कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानमा अहिलेसम्म करिब एक सय जना अाजिवन सदस्यहरु रहेका छन् ।

