धादिङ । तोकिएको समयम भित्रै निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधि र उम्मेदवारलाई जरिवाना तोक्दै निर्वाचन आयोगले नाम सार्वजनिक गरेको छ । निर्वाचन सम्पन्न भएको ३० दिन भित्र जरिवाना बुझाउनु पर्ने भएपनि व्यवास्था गरेर विवरण नबुझाएका जनप्रतिनिधि र उम्मेदवारको नाम आयोगले सार्वजनिक गरेको हो । धादिङको १३ स्थानीय तहमा निर्वाचित २६ जना मध्ये ६ जना प्रमुख र ४ जना उपप्रमुख जरिवानामा परेको निर्वाचन आयोगले जनाएको छ ।
रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ,खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ, गजुरीका अध्यक्ष गणेशलाल श्रेष्ठ, त्रिपुरासुन्दरीका अध्यक्ष राजु उप्रेती, थांक्रेका अध्यक्ष रामकुमार आचार्य र वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णवहादुर थपलिया (बिबेक)लाई आयोगले जनही तीन लाख ५० हजार जरिवाना तोकेको छ ।
यसैगरी जिल्लाको चार गाउँपालिकाका निर्वाचित उपाध्यक्षहरु पनि जरीवानामा परेका छन् । आयोगका अनुसार थांक्रे गाउँपालिकाका उपाध्यक्ष यन्त्रबहादुर थापा, वेनिघाटरोराङ गाउँपालिकाका उपाध्यक्ष टापबहादुर श्रेष्ठ, रुवीभ्याली गाउँपालिकाका उपाध्यक्ष फे लामा तामाङ र गंगाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिम्खडाले पनि जनही तीन लाख ५० हजार जरिवाना तिर्नुपर्ने भएको छ ।
जिल्लाको धुनिबेसी र नीलकण्ठ नगरपालिकाका प्रमुख, गल्छी, सिद्धलेक, नेत्रावती डवजोङ, गंगाजमुना र ज्वालामुखी गाउँपालिकाका अध्यक्षले निर्वाचन खर्च विवरण समयमै बुझाएको कारण जरिवानाबाट बचेका छन् । निर्वाचन खर्च नबुझाउनेमा अधिकांश पराजित उम्मेदवार रहेका छन् भने निर्वाचित भएका धेरैजना वडा अध्यक्ष, महिला तथा दलित महिला सदस्य, सदस्य, कार्यपालिका सदस्य समेत जरिवानामा छन् । आयोगले नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई चार लाख पचास हजार, वडाअध्यक्ष र सदस्यहरुलाई २ लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई ३ लाख ५० हजार र वडा अध्यक्ष तथा सदस्यहरुलाई १ लाख ५० हजार जरिवाना तोकेको छ ।
गत स्थानीय निर्वाचनमा उम्मेदवार भई विजयी भएका तथा पराजित भएका समेत गरी १४ सय ७७ जनाले जनही एक लाख ५० हजार, एक सय ५१ जनाले जनही ३ लाख ५० हजार, चार सय २६ जनाले जनही २ लाख र २९ जनाले जनही ४ लाख ५० हजारका दरले जरिवाना तिर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
चार लाख ५० हजार जरिवाना लागेकाहरुमा नीलकण्ठ नगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिएका काजी श्रेष्ठ (स्वतन्त्र), कलबहादुर बिक (जनजागरण पार्टी नेपाल), गंगादेवी श्रेष्ठ (नेकपा एमाले), टिकाबहादुर भण्डारी (स्वतन्त्र), ताराला धरेल (स्वतन्त्र), प्रेमबहादुर गुरुङ (स्वतन्त्र), बलराम लम्साल (स्वतन्त्र), बोदनाथ दुवाडी (स्वतन्त्र) उम्मेदवारहरु रहेका छन ।
त्यसै गरी नीलकण्ठ नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिएका कल्पना अधिकारी (स्वतन्त्र), कोपिला परियार (जनजागरण पार्टी नेपाल), पार्वती कोइराला (राप्रपा), फन्द्रा तामाङ (नेकपा एमाले), समिता तामाङ (मंगोल नेशनल अर्गनाईजेशन) र हरिबहादुर लम्साल (स्वतन्त्र)लाई पनि ४ लाख ५० हजार जरिवाना लगाईएको छ ।
नीलकण्ठ पछि जिल्लाको धुनिबेसी नगरपालिकामा प्रमसख पदमा उम्मेदवारी दिएका सुनिल तामाङ (मंगोल नेशनल अर्गनाईजेशन), केशव धिताल (राप्रपा), गणेशप्रसाद पाठक ( स्वतन्त्र), गणेश बहादुर रेग्मी (स्वतन्त्र), रामराजा पाण्डे (नेकपा एमाले), रामशरण उप्रेती (स्वतन्त्र) र सन्तोष राना (स्वतन्त्र)लाई जनही ४ लाख ५० हजारका दरले जरिवाना लगाईएको निर्वाचन कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।
यसै गरी धुनिबेशी नगरपालिकाकै उपप्रमुख पदमा उम्मेदवारी दिएका कोपिला तामाङ ( मंगोल नेशनल अर्गनाईजेशन), दिपक ठकुरी (स्वतन्त्र), दिलिप पाठक (स्वतन्त्र), नवराज भारती (स्वतन्त्र), प्रमोद गिरी (स्वतन्त्र), मन्दिरा श्रेष्ठ (नेकपा एमाले), राममाया लामा(स्वतन्त्र) र विना अधिकारी (राप्रपा) लाई पनि जनही ४ लाख ५० हजारका दरले जरिवाना तोकिएको छ ।
निर्वाचन आयोगले जरिवाना लगाएका गाउँपालिका तर्फको उम्मेदवारहरुको अभिलेख हेर्दा १ लाख ५० हजार तिर्नु पर्ने सुचीमा रहेकाहरुमा थांक्रेमा १ सय ९१, खनियाबासमा १ सय ९०, वेनिघाटरोराङमा १ सय ८९, गजुरीमा १ सय ६३, ज्वालामुखीमामा १ सय ५६, त्रिपुरासुन्दरीमा १ सय ३३, गंगाजमुनामा १ सय २५, गल्छीमा १ सय ४, नेत्रावतीडवजोङमा ८८, रुवीभ्यालीमा ८३, सिद्धलेकमा ५५ जना वडाअध्यक्ष, सदस्य पदका उम्मेदवारहरु रहेका छन । जरिवाना लागेकामा विजयी जनप्रतिनिधि समेत रहेका छन् ।
यसै गरी जिल्लाको गल्छी र थांक्रेका २२/२२ जना, वेनिघाटरोराङ र गजुरीमा १६/१६ जना, खनियावासमा १३, सिद्धलेकमा १२, रुवीभ्याली र नेत्रावती डवजोङमा १०/१०, ज्वलामुखीमा ९ गंगाजमुनामा ८ जना गरी जिल्लाभरका १ सय ५१ जना अध्यक्ष उपाध्यक्ष पदमा उम्मेदवारहरुले जनही ३ लाख ५० हजारका दरले जरिवाना तिर्नु पर्ने भएको छ ।
गाउँपालिकामा मात्रै होइन नगरपालिकाका जनप्रतिनिधि र उम्मेदवार पनि जरिवानामा परेका छन् । ४ लाख ५० हजार जरिवाना लगाईएकाहरुमा नीलकण्ठ नगरपालिकामा प्रमुख उपप्रमुख पदमा उम्मेदवारी दिएका २९ जनाले ४ लाखका दरले र नीलकण्ठ नगरपालिकाका वडा अध्यक्ष र सदस्य समेत गरी २ सय ६६ र धुनिबेसीको १ सय ३० जनाले ४ लाखका दरले जरिवाना तिर्नु पर्ने आयोगले जनाएको छ ।
तोकिएको जरिवाना ६ महिना भित्रमा बुझाई सक्नु पर्नेछ । जरिवाना तिरेर पनि अब यी कुनै पनि व्यक्तिले अबको ६ बर्ष सम्म कुनै पनि पदमा उम्मेदवारी दिन, अर्कोलाई प्रस्तावक समर्थक बस्न समेत पाउने छैनन् ।

