काठमाडौंको बूढानीलण्ठ नगरपालिका ११ कपनस्थित एक घरमा लागेको आगलागीमा परी तीनजनाको मृत्यु भएको छ । बुधबार राति उद्धारका क्रममा प्रहरीले घरभित्रबाट तीजनाको शव निकालेको घटनास्थलमा रहेका बूढानीलकण्ठका मेयर मिठाराम अधिकारीले एक मिडियालाई जानकारी दिए हुन् ।
1663778302.jpg)
उनका अनुसार टङ्क घिसिङको घरमा आगलागी भएको हो । आगलागी कारण घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । मेयर अधिकारीले आफूलाई अनुसार ग्याँस लिक भएर आगलागी भएको जानकारी आएको स्पष्ट कारण थाहा हुन नसकेको बताए ।
1663778302.jpg)
1663778299.jpg)
बूढानीलकण्ठकी उपमेयर अनिता लामाले घाइते एकजनालाई करुणा अस्पताल लगिएको जानकारी दिइन् । घाइते हुनेमा अन्दाजी २७ वर्षीय कुशल राई रहेका छन् ।
आगलागीपछि नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापा पनि कपनस्थित आगलागी भएको घरमा पुगेका थिए । उनले स्थानीयसँग घटनाबारे जानकारी लिएका थिए ।
1663778294.jpg)
समाचार र फोटो श्रोत : बाह्रखरी मिडिया

