चितवनको भरतपुर २१ पार्वतीपुर निवासी घरजग्गा व्यवसायी विजय घले माओवादी केन्द्र प्रवेश गरेका छन् । उनलाई आज (आइतबार) पार्टी कार्यालयमा आयोजित कार्यक्रम मार्फत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका हुन् ।
उनिसंगै विभिन्न पार्टी परित्याग गरी सयौं कार्यकर्ता माओवादी प्रवेश गरेको माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँले काँग्रेस,एमाले र अन्य पार्टीबाट झण्डै ७ सय कार्यकर्ता माओवादी प्रवेश गरेको दाबी गर्नुभयो । सो अवसरमा मुस्लिम समूदायका युवाहरुलाई पनि माओवादी केन्द्रमा प्रवेश गराइएको थियो ।

