काठमाडौँ, असोज १० : नेकपा एमालेका सल्लाहकार समिति सदस्य राजाराम यादवले पार्टी परित्याग गरेका छन् । नेकपा एमाले कम्युनिष्टको विचार, नीति र सिद्धान्त विपरीत चल्न थालेको भन्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
उनी २०३६ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय थिए । त्यस्तै उनी जनता समाजवादी पार्टी (जसपा) प्रवेश गर्ने तयारीमा रहेको उनी निकट स्रोतले बतायो ।

