काठमाडौं,असोज १२ : पहिलो कमेडी च्याम्पियन हिमेश पन्त रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका छन्।
पार्टीले उनलाई आगामी मंसिर ४ गते हुने प्रत्यक्ष तर्फको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गरेको हो। रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका पन्त धादिङकै स्थानीय हुन्।

