बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ।
उनीहरूकी आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो। मनमाया काठमाडौंको सितापाइलास्थित कान्छो छोरा दीपेन्द्र पाण्डेको घरमा बस्दै आएकी थिइन्।
उनको आज बिहान चार बजे निवासमै निधन भएको बताइएको छ। मनमायाको आजै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।