नेपालीहरुको महान चाड दशैं तिहारको पावन अवसरमा प्रत्येक टोलमा सरसफाई अभियान संचालन गरेर प्रतिस्पर्धा गर्न भरतपुर महानगरपालिका २० ले आह्वान गरेको छ। वडाध्यक्ष मुक्तिप्रसाद घलेले आज एक सुचना जारी आ-आफ्नो टोलमा सरसफाई अभियान संचालन गरेर सो अनुसारको फोटो र टोलको बैठकमा उक्त निर्णय समेत उल्लेख गरि कार्तिक २० गते भित्र वडा कार्यालयमा पेश गरेर प्रतिस्पर्धामा सहभागी हुन अनुरोध गरेको छ।
पछिल्लो समय डेंगी जस्ता रोग फैलिरहेको हुनाले र चाडबाड पनि नजिकिंदै गर्दा वडाले टोल टोलमा जनसहभागिता गराउन उक्त कार्यक्रम ल्याएको वडाले बताएको छ।


