लाल माेहमदकाे हत्यामा संलग्न भएको आशंका प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले यसबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ।
गत असाेज ४ गते साँझ काठमाडौँको गोठाटारमा लाल मोहम्मदको हत्या भएकाे थियाे। माेटरसाइकलमा आएका आक्रमणकारीमध्ये एक जनाले उनलाई गाेली हानेका थिए।
गोली लागि गम्भीर घाइते सर्लाहीको गोडैता नगरपालिका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको थियाे।
उनकाे हत्या बारेमा अनुसन्धान गर्न प्रहरीले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको छ।
मोहम्मद गोठाटारमा गार्मेन्ट व्यवसाय गरिरहेका थिए। उनी २०६४ सालमा हत्या आरोपमा मोहम्मद पक्राउ परेका थिए। यस घटनामा संलग्न भएको आरोपमा उनी १० वर्ष जेल सजाय भोगेर पाँच वर्षअघि छुटेका थिए।

