चितवनको भरतपुर महानगरपालिका १० हाकिमचोकस्थित सिएमटी रिसोर्टले ग्राहकहरुका लागि सदस्यता कार्ड वितरण सुरु गरेको छ । रिसोर्टले दसैं, तिहार र छठ पर्वको अवसर पारेर सदस्यता अफर सुरु गरेको हो । उक्त अफर आज (शनिबार) बाट लागू हुने रिसोर्टका प्रवन्ध निर्देशक मदन घिमिरेले बताए । उनका अनुसार उक्त सदस्यता अफर एक सय दिनका लागि खुल्ला गरिएको हो ।
एक सय दिनमा तीन सय जना ग्राहकलाई सदस्यता वितरण गरिनेछ । सदस्यता लिनका लागि दश हजार रुपैयाँ शुल्क लाग्नेछ । सदस्यता लिने ग्राहकहरुले एक वर्ष भित्र ५८ हजार आठ सय रुपैयाँ बराबरको नगद सहुलियत पाउने घिमिरेले बताए । अन्य सुविधा समेत गरी डेढ लाखसम्मको सुविधा पाउने उनले जानकारी दिए ।

सदस्यता लिने ग्राहकले एक हजार रुपैयाँको चार वटा खानाको भौचर, दुई हजार रुपैयाँको चार वटा र पाँच सय रुपैयाँको पाँच वटा क्यास भौचर पाउने उनले बताए । यस्तै पाँच सय रुपैयाँको दुई वटा खानाको क्यास भौचर , पाँच सय रुपैयाँको दुई वटा मकटेल, दुई जनालाई १४ हजार रुपैयाँको सात दिनका लागि स्विमिङ पुल सुविधा र एक जोडीलाई दुई दिनका लागि सात हजार आठ सय रुपैयाँको डिलक्स रुममा पूर्ण रुपमा छुट पाइने उनले जानकारी दिए ।
यस्तै सदस्य ग्राहकले ‘बाइ वान गेट वान फ्री’ अफर पनि पाउनेछन् । जसमा ग्राहकले २० वटा सुप भौचर , २० वटा डेजर्ट भौचर, १० वटा स्याङ्क्स भौचर , १० सफ्ट ड्रिङ्क्स भौचर र चार वटा लन्च तथा डिनर भौचर प्राप्त गर्नेछन् ।
रिसोर्टका महा-प्रवन्धक बोधराज लम्सालका अनुसार सोही अवधिमा कोठामा २० प्रतिशत, लन्चमा २० प्रतिशत तथा डिनर, टेकअवे, किट्टी, जन्मोत्सवमा समान १५-१५ प्रतिशत तथा ब्याङ्क्वेटमा पाँच प्रतिशत छुट पाउनेछन् । ग्राहकलाई रिसोर्टसँग जोडिराख्नका लागि यो अफर ल्याईएको उनको भनाइ छ ।
रिसोर्टमा चितवनकै सबै भन्दा ठूलो दुई हजार पाँच सय क्षमताको हल छ । यस बाहेक सात सय र दुई सय क्षमताका छुट्टा छुट्टै दुई वटा हलहरु पनि रहेका छन् । एकै पटकमा पाँच वटा कार्यक्रम गर्न सक्ने गरी साना ठूला पाँच वटा हलहरु रहेका छन् । रिसोर्टमा बातावरण मैत्री आधुनिक सुविधा सम्पन्न ४२ वटा कोठाहरु रहेका छन् । यस्तै रिसोर्टमा एक सय क्षमताको भोजनालय, दुई सय क्षमताको रेष्टुरेन्ट, बार, २४ सै घण्टा खुला हुने कफिसप, स्विमिङपुल रहेका छन् ।
रिसोर्टको प्रत्येक ब्लकमा बिजनेस बैठक रुम छ । रिसोर्टमा चितवनकै पहिलो आधुनिक सुविधासम्पन्न युरोपियन प्रविधिको किचन रहेको छ । एक बिघा दुई कट्ठा क्षेत्रफलमा रहेको रिसोर्टमा ६० जनाको संयुक्त लगानी छ । एकै पटकमा दुई सय वटा कार पार्क गर्न सकिने पार्किङ स्थल रहेको छ ।साझेदारी उद्योगका रुपमा छुट्टा छुट्टै उद्योगी एवं व्यवसायीहरुले रिसोर्टमा लगानी गरेका छन् । रिसोर्टले पर्यटकीय क्षेत्र सौराहा र मेघौलीमा सिएमटी जंगलको नाममा दुई वटा चेन रिसोर्ट खोल्ने तयारी गरेको छ ।

