काठमाडौं महानगरपालिकाले बडादसैँको बिदाका लागि डेंगी रोगलक्षित विशेष व्यवस्था गरेको छ । दसैँभरका लागि ५५८ स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको मेयर बालेन्द्र शाह (बालेन)ले जानकारी दिए ।
नजिकको स्वास्थ्य स्वयंसेवकमार्फत सिटामोल र जीवनजल प्राप्त गर्न सकिने शनिबार उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
यस्तै, महानगरमा २४ घण्टे हटलाइन सेवा निरन्तर राख्ने व्यवस्था मिलाइएको छ । ११८० नम्बरमा फोन गरेर डेंगीका बारेमा जानकारी लिन सकिनेछ । १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्न सकिने मेयर बालेनले जानकारी दिए ।

