निर्वाचन आयोगले ४ मंसिरमा हुने चुनावको उम्मेदवारी मनोनयनको समय नसर्ने स्पष्ट पारेको छ । आयोगले आज पत्रकार सम्मेलन गरेर समय नसर्ने स्पष्ट पारेको हो । दलहरूले मनोनयनको समय बढाउन आयोगलाई दबाब दिएका थिए । ‘निर्वाचनको उम्मेदवारी दर्ताको सार्ने कि भन्ने सुझाव आएको हो ।
प्राकृतिक प्रकोप भएमा मतदान स्थगित हुनसक्ने तर निर्वाचन कार्यक्रम सार्ने आधार देखिएन । यसतर्फ आयोगले पुनरावलोकन गर्न ठानेन,’ प्रमुख आयुक्त थपलियाले भने । उम्मेदवारी दर्ता गर्न वारेसनामा मार्फत गर्न सकिने आयोगले जनाएको छ । आयोगले मनोनयनको तयारी सकिएको पनि जनाएको छ ।
‘बिहान १० बजेदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ५ बजेसम्म मनोनयन गर्न सकिन्छ । सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको छ । आचारसंहिता पालना गर्न आग्रह छ,’ थपलियाले भने । ७७ वटै जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । भोलि मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

