नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद जगन्नाथ पौडेलले चितवन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन्। नेता पौडेलले चितवन ३ मा कांग्रेसकै नेता–कार्यकर्ताहरूको चाहना अनुरुप उम्मेदवारी दिन लागेको बताएका हुन्।
सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ। गएको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा कांग्रेसले माओवादी केन्द्रका रेनु दाहाललाई उम्मेदवार बनाएपछि पौडेलले मेयरमा बागी उम्मेदवारी दिएका थिए।

