नेपाली कांग्रेसमा डा. मीनेन्द्र रिजाल र स्वर्णिम वाग्लेले टिकट नपाएपछि नेतृत्वको चर्को आलोचना भएको छ । विजयकुमार गच्छदार, अफताव आलमका छोरा फिर्दोष आलमले टिकट पाउँदा उनीहरुले नपाएको भन्दै नेतृत्वको चर्को आलोचना भएको हो ।
वाग्लेले भने सामाजिक सञ्जालमार्फत् भिडियो पोस्ट गर्दै अब आफूप्रति देखाएको स्नेहप्रति आभार व्यक्त गर्दै अब निष्ठावान उमेदवारको पक्षमा चुनाव प्रचारका लागि देश दौडाहामा निस्कने बताएका छन् ।
“हजारौँ शुभचिन्तकहरुले देखाउनुभएको स्नेहप्रति आभारी छु । अब घोषणापत्रको काम सक्छु, अनि नेपालमा असल शासन र समुन्नतिको मुद्दा बोक्ने निष्ठावान उमेदवारहरुको पक्षमा चुनाव प्रचार गर्न देश दौडाहा गर्नेछु,” उनले सामाजिक सञ्जालमार्फत् भनेका छन् ।

