नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी (थारु)को उम्मेदवारी खारेज भएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृत ओम प्रकाश अर्यालले बताए।
टीकापुर घटनासम्बन्धी मुद्दामा अदालतले दोषी ठहर गरी कैद सजायसमेत तोकेको अवस्थामा कैद भुक्तान नगरेका चौधरी कानुनतः उम्मेदवार बन्न अयोग्य देखिएको जनाउँदै आयोगले उनको उम्मेदवारी खारेज गरेको हो।
उनीविरुद्ध धनगढी उपमहागरपालिका-१५ निवासी प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामबहादुर सिंहले उजुरी दिएका थिए।

