चितवन ३ मा बागी उमेदवार रहेका दिनेश कोइरालाले चुनाव चिह्न माछा पाएका छन् । नेकपा एमालेले आफ्नो उमेदवारी फिर्ता लिँदै गठबन्धनबाट बागी उमेदवारी दिएका दिनेश कोइरालालाई समर्थन गर्ने भएपछि उनले आफ्नो उमेदवारी कायमै राखेका थिए ।
एमालेले त्यहाँ रामप्रसाद न्यौपानेलाई उमेदवार बनाएको थियो । कोइरालाले आज माछा चुनाव चिह्न लिएको उनी निकट एक नेताले जानकारी दिए । चितवन क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार राजेन्द्र बुर्लाकोटिले पनि माछा नै चुनाव चिन्ह प्राप्त गरेका छन्।

