भरतपुर, २८ असोज : भरतपुर महानगरपालिका २६ ज्योतिनगरमा रहेको दिवा स्याहार केन्द्रमा तिमी सँग आन्विका अभियान अन्तर्गत विश्व मस्तिष्क पक्षाघात दिवस-२०२२को अवसर पारी ३ महिने निःशुल्क फिजियोथेरापी सेवा सम्पन्न भयो ।
समापन कार्यक्रमका प्रमुख अतिथि भरतपुर वडा नं-२६ का वडाध्यक्ष श्री ज्ञान प्रसाद खनाल रहनु भएको थियो भने विशिष्ट अतिथी श्री अनिल जयासवाल तथा पुष्पाञ्जलि हस्पिटलका फिजियोथेरापिष्ट श्री मदन प्रसाद घिमिरे रहनुभएको थियो । १२ जना बाबालबालिकाहरुले सेवा प्राप्त गरेका थिए भने उनीहरुमा परिवर्तन आएकोमा खुसि व्यक्त गर्नु भयो ।

यस कार्यक्रमको लागि सहयोग गर्नुहुने श्री नरेश कुमार प्रधान लाई विशेष धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस किसिमको कार्यक्रमले नियमितता पावस भन्दै संस्थाका अध्यक्ष लक्ष्मी कान्त घिमिरेले खुसी व्यक्त गर्नु भयो ।


