लमही- सहरी विकास मन्त्री मेटमणि चौधरीले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन्।
निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै चौधरीले यसअघि चढ्दै आएको बा२झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका हुन्।
निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचार संहिता अनुरुप मन्त्री चौधरीले शुक्रबारदेखि लु३च ३१४ नम्बरको स्कर्पियो प्रयोग गरेको प्रेस संयोजक सूर्य विसीले जानकारी दिए।

