निराज रानाभाट , ललितपुर : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । १०३ वर्षीय जोशी २४ दिनदेखि ललितपुर जिल्लाको किष्ट मेडिकल कलेजमा उपचाररत थिए । उनको केहिबेर अघि निधन भएको हो ।
अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यका अनुसार जाेशीकाे मृत्युकाे घोषणा हुन भने बाँकी छ । तर , मृत्यु भइसकेको डा. बज्राचार्यले जानकारी दिए ।
उनको छातीमा निमोनिया र पिसाबमा इन्फेक्सन देखिएको थियो । बिहीबारदेखि मुटुको चालमा घट्बढ भइरहेको थियाे भने छातीमा संक्रमण बढेको थियाे ।
गत बुधबार अवस्था केही सहज देखिएपछि जोशीलाई सघन कक्ष ( आइसियू ) बाट नर्मल बेडमा सारिएको थियो , तर बिहीबार स्वास्थ्य थप जटिल बनेपछि पुनः सघन कक्षमा सारिएको थियो ।

