पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणी नदीमा सिग्नेचर पुल बनाउन ठेक्का आह्वान भएको छ । हाल रहेको पुरानो पुलको आडैमा सिग्नेचर पुल बनाउने गरी ठेक्का आह्वान भएको हो । सडक विभागको पुल शाखाले डिजाइन एण्ड बिल्डको मोडलमा सिग्नेचर पुल बनाउने गरी आज ठेक्का आह्वान गरेको हो । बहुप्रतिक्षित सिग्नेचर पुल निर्माणको लागि ठेक्का आह्वान भएपछि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बधाई दिएकी छन् ।
हामी सबैलाई बधाई !!
पुर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणी नदिमा सिग्नेचर पुल निर्माणको लागि “Design and Build of Narayani River Bridge, Narayanghat, Bharatpur” मोडेलमा ठेक्का आव्हान भएको छ। pic.twitter.com/jstvQKT9ds— Renu Dahal (@RenuDahal1) October 19, 2022
पछिल्लो समय नारायणी नदि जोखिम अवस्थामा रहेको र पटक पटक मानिसहरुले हामफालेर आत्महत्या गरिरहेको अवस्थामा यो टेन्डर आह्वान हुनु उत्साहजनक रहेको चितवन बासीहरु बताउँछन्।

