चितवनमा एक बिरामी अस्पतालको तेस्रो तलाबाट हाम फालेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-१० बस्ने २९ वर्षीय सुदिप पौडेलले मंगलबार बेलुका ४ बजे अस्पतालबाट हामफालेका हुन् ।
ज्वरो आइ पुष्षपाञ्जली अस्पतालमा उपचार गराइरहेका पौडेलले सोही अस्पतालको तेस्रो तलाबाट हामफालेको प्रहरीले जनाएको छ । हामफाल्दा बिजुलीको तारमा छुँदा करेन्ट समेत लागेको थियो ।
पौडेलको खुट्टामा चोट लागेको बताइएको छ । उनलाई अहिले सोही अस्पतालमा उपचार गराइदैँ छ ।

