नेपाली कांग्रेसका युव नेता प्रदीप पौडेल भोट माग्दै कलाकार हरिवंश आचार्य निवास पुगेका छन्। कांग्रेसबाट काठमाडौं-५ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पौडेल बुधबार बूढानीलकण्ठस्थित आचार्य निवास पुगेका हुन्।
मत माग्दै पुगेको पौडेललाई कलाकार आचार्यले सफलताको शुभकामना दिएका थिए। ‘बूढानीलकण्ठस्थित घरमै उहाँहरुबीच भेट भएको हो। स्नेहपूर्ण व्यवहार रह्यो,’ पौडेलको सचिवालयका एक सदस्यले भने, ‘आचार्यले पौडेललाई शुभकामना दिनुभयो। तपाईं जत्तिको युवा आउनुपर्छ भन्नुभयो।’
पौडेलले असोज २४ गतेबाट काठमाडौं महानगरपालिका-५ हाँडीगाउँबाट घरदैलो सुरु गरेका हुन्। पहिलो दिनको घरदैलो अभियानमा हाँडीगाउँ जात्रामा सहभागी हुन पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसँग उनको जम्काभेट भएको थियो।

