इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेकाे छ।
युनाइटेडले टोटनहमलाई २-० अन्तरले पराजित गरेको हाे।
युनाइटेडको घरेलु मैदानमा दुवै गोल दोस्रो हाफमा सम्भव भएका थिए। फ्रेड र ब्रुनो फर्नान्डेजले एक-एक गोल गरे।
खेलकाे ४७औँ मिनेटमा फ्रेडले गाेल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए। ६९औँ मिनेटमा फर्नान्डेजले गाेल गरी युनाइटेडकाे अग्रता दाेब्बर पारेका थिए।
टाेटनहमले एक गाेल पनि फर्काउन नसक्दा युनाइटेडले सहज जित हात पारेकाे हाे।
हारका बाबजुद टोटनहम ११ खेलबाट २३ अंकसहित तेस्रो स्थानमा छ। युनाइटेड १० खेलबाट १९ अंकसहित पाँचौ स्थानमा छ।

