भरतपुर, कार्तिक ४ : पश्चिम चितवनको भीमनगर माध्यमिक विद्यालयमा आजदेखि अन्तराष्ट्रिय स्तरको ई-लर्निङ प्ल्याटफर्म ‘माई सेकेन्ड टिचर’को सुरुवात भएको छ। भरतपुर महानगरपालिका वडा नं २० बाट सुरुवाती बजेट १ लाख विनियोजन गरेर शैक्षिक गुणस्तरका लागि पहिलो प्राथमिकतामा राखेर यो कार्यक्रम लागु गरिएको कार्यक्रमका अतिथि वडा सदस्य भोजराज लामिछानेले बताउनु भयो। माई सेकेन्ड टिचर को तर्फबाट नेपाल प्रमुख मेधा भट्टराईको नेतृत्वमा आएको टोलीले आज विद्यालयमा शिक्षक र विद्यार्थीहरुलाई संयुक्त रुपमा तालिम प्रदान गरेको हो।
शैक्षिक क्षेत्रमा लामो अनुभव संगालेको आईएनजी (ING) ग्रुपले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याउने उद्देश्यले आफ्नो ई-लर्निङ प्लेटफर्म ‘माई सेकेन्ड टिचर’ ल्याएको हो । यसलाई औपचारिक रूपमा सन् २०२१ अप्रिल ९ मा सुरु गरिएको अनलाइन प्लेटफर्मले कक्षा १० र ११ का विद्यार्थीहरूलाई वैकल्पिक अर्थशास्त्रको साथमा गणित, विज्ञान र अंग्रेजी गरी तीनवटा अनिवार्य विषयहरूमा अन्तरक्रियात्मक भिडियोमा आधारित विषयवस्तुहरू प्रदान गर्दछ। र केहि महिनामा १२ कक्षाको समेत समावेश गर्ने जनाएको छ।
देशमा लामो समयदेखि अभ्यास भइरहेको अवैज्ञानिक शिक्षण-सिकाइ दृष्टिकोणलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगले प्रतिस्थापन गर्ने लक्ष्य राखेका माई सेकेन्ड टिचरकी नेपाल प्रमुख मेधा भट्टराईले जानकारी दिनुभएको छ।
प्लेटफर्ममा अन्तरक्रियात्मक भिडियोहरू, डायग्नोस्टिक रिपोर्टहरू, परीक्षण पत्रहरू, ट्यूटर समर्थन, आदि जस्ता रोचक सुविधाहरू समावेश छन् जुन वेबसाइटमा लग इन गरेर मात्र भ्रमण गर्न सकिन्छ। “हाम्रो प्रणालीले प्रदान गर्ने धेरै गतिविधिहरू मध्ये, विद्यार्थीहरूले नक्कली परीक्षणमा पनि बस्न सक्छन् र आवश्यक प्रतिक्रिया सहित तुरुन्तै परिणामहरू प्राप्त गर्न सक्छन्,” भट्टराईले थपिन्। उनका अनुसार शिक्षक, विद्यालय प्रशासन र अभिभावकले जडान गर्न लगइन गर्न र एक क्लिकमा विद्यार्थीको प्रगति पनि हेर्न सक्नेछन् ।
आईएनजी ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीका अनुसार सन् २०१९ मा विकास भएको प्लेटफर्म अमेरिका, चीन, इन्डोनेसिया, जापान, मलेसिया, सिंगापुरलगायत विश्वका २० देशमा सफलतापूर्वक प्रयोग भइसकेको जानकारी दिनुभएको छ ।
विद्यार्थीहरुले भिडियो हेरेर शैक्षिक पाठ्यक्रम अनुसार बुझ्न सजिलो हुनेगरी बनाइएको “माई सेकेन्ड टिचर” प्ल्याटफर्मको प्रयोग गरेर विद्यार्थीहरुले सहजै पढ्न/सिक्न सक्ने विद्यालयका प्रध्यानाध्यापक कोमलनाथ घिमिरेले बताउनुभयो। यो प्रविधिको उच्चतम प्रयोग गरेर विध्यार्थीहरुको शैक्षिक गुणस्तरलाई बढाउने गरि काम गर्ने पनि विद्यालयका सहायक प्रध्यानाध्यापक सबिन न्यौपानेले थप्नुभएको छ। आज भएको तालिममा “माई सेकेन्ड टिचर” को तर्फबाट ५५ इन्चको “एमएसटि टिभी” पनि उपलब्ध गराइएको छ।
“माई सेकेन्ड टिचर” के हो ? भिडियो हेर्नुहोस् :

