सर्वोच्च अदालतले ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी कामय गरिदिएको छ।
शनिबार आयोगले मेडिकल काउन्सिलको सदस्य पदमा रहेको र उत्त पद लाभको पद भएको दाबी गर्दै कार्कीको उम्मेदवारी रद्द गरेको थियो।
उक्त निर्णयविरुद्ध सर्वोच्चमा दिएको रिटको सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलबार उम्मेदवारी कायम गर्न अन्तरिम आदेश दिएको हो।
अन्तरिम आदेश दिँदा सर्वोच्चले तीनवटा आधार समाएको छ। पहिलो डा. कार्कीले मेडिकल काउन्सिलको निर्वाचित सदस्य पदमा रहँदा नियमित पारिश्रमिक वा नियमित आर्थिक लाभ नदिएको कुरा उल्लेख गरेको छ।
त्यस्तै आदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी दिनुअघि लाभको पद हो होइन भनी मौकामा निर्वाचन आयोग समक्ष निवेदन गर्दा कुनै जवाफ नपाएको उल्लेख गरेको छ।
त्यस्तै तेस्रो आधारका रुपमा सर्वोच्चले प्रतिनिधि सभा सदस्यको निर्वाचनको उम्मेदवारीको सन्दर्भबाट निवेदकलाई हुन सक्ने अपूरणीय क्षति (irreparable damage) को स्थिति तथा सुविधाको सन्तुलन (balance of convenience) समेतको आधारमा अन्तरिम आदेश दिएको उल्लेख गरेको छ।
यस्तो छ सर्वोच्चको आदेशः




