राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले बेरोजगार युुवाहरूको समस्या समाधानको सबै जिम्मा आफूूले लिने उद्घोष गर्नुुभएको छ।
चुनावी अभियानका क्रममा मंगलबार भरतपुर १६ ब्रम्हपुुरस्थित बिहानी टोल विकास संस्थाले आयोजना गरेको छलफल कार्यक्रममा नेता पाण्डेले युवाशक्तिलाई रोजगारको व्यवस्था नहुँदा देशमा युुवाहरुको खडेरी पर्दै गएकोले उनीहरुको रोजगारमा आफू जिम्मेवार हुने बताउनुुभएको हो।
देशमा आवश्यक अर्थतन्त्रको विकास गरी बेरोजगार युुवाको हातहातमा रोजगारको व्यवस्था सिर्जना गर्ने योजनासहित मंसिर ४ गतेको निर्वाचनमा आफूले जनताको मतको अपेक्षा गरेको उहाँले बताउनुुभयो। साथै सामुदायिक वन क्षेत्रआसपासमा बसोबास गर्ने स्थानीयको लागि जंगली जनावर र मानवबीचको द्वन्द्व न्युनिकरण गर्न आफूले भूमिका खेल्नेसमेत विश्वास दिलाउनुुभएको छ।

