भरतपुर, असोज १४
चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) मा कार्यरत एक स्वास्थ्यकर्मीले विरामी माथी यौन शोषण गरेका छन् । मंगलबार घाँटीको उपचार गराउन ओपिडीमा गएकी एक महिलालाई यौन दुर्व्यवहार गरेको उनको परिवारले आरोप लगाएको छ । अस्पतालका अडियोलोजिस्ट जयलालप्रसाद यादवले मसाज गनुपर्ने भन्दै काखमा राखी गोप्य अंगमा चिमोटेको बिरामीको आरोप छ । विरामीले त्यसको प्रतिकार गरी आफन्तलाई बताएपछि यो विषयमा अस्पतालामा छलफलसमेत भएको थियो ।
छलफलका क्रममा यादवले बिरामीसँग खुटा ढोगेर माफी मागेको भिडियोसमेत छ । अस्पतालका अप्रेसन म्यानेजर पारस अधिकारीले यस विषयमा अस्पतालले अध्ययन गरिरहेको बताए । ‘हामीले पीडितको कुरा सुन्यौँ,’ उनले भने, ‘थप अध्ययन गर्न बाँकी छ ।’ पीडितहरूले बिहीबार पनि अस्पतालले छलफलमा बोलाएको बताएको छ । यस विषयमा प्रहरीमा भने पीडितले उजुरी नगरेको भरतपुर स्थित सिनर्जी एफ एम को अनलाइन समाचार पोर्टलमा प्रकाशित गरिएको छ !