भरतपुर, १८ कात्तिक : नेपाल स्वास्थ्यकर्मी संघ भरतपुर अस्पताल ईकाइ समिति गठन भएको छ । संघको बिधान अनुसार भरतपुर अस्पतालमा आज सम्पन्न भेलाले रोशन बस्नेतको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
संघका कार्यवाहक जिल्ला अध्यक्ष प्रकाश कँडेलका अनुसार समितिको सदस्यहरुमा बिजन बगाले, ईश्वर प्रसाद महत्तो, रन्जना रायामाझी, शर्मिला तिवारी, आशिष पौडेल, आश्मा घिमिरे, रम्भा चौधरी, राधिका भट्ट श्रेष्ठ, प्रकाश थापा मगर र रमेश चौधरी रहनु भएको छ ।
तीन महिनाभित्र पूर्ण दिने गरी समिति गठन गरिएको कँडेलले जानकारी दिनुभयो। स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक, नर्स, कर्मचारीहरु समितिमा आवद्ध हुन सक्ने उहाँको भनाई छ ।

