निराज रानाभाट , डाेटी : डोटी केन्द्रविन्दु भएर कार्तिक २२ गते , मंगलबार ( अाज ) राति भूकम्प गएको छ ।
मंगलबार ( अाज ) राति ९ बजेर ७ मिनेटमा डोटी जिल्लाको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सुदूरपश्चिम , कर्णाली , लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । केन्द्रका अनुसार क्षतिको कुनै विवरण आएको छैन ।

