अस्ट्रेलियामा नेपाली समुदायमा सामाजिक व्यक्तित्वका रुपमा प्रतिष्ठित नाम हो देब गुरुङ । १९ वर्षकै कलिलो उमेरमा लाहुरे बनेर २० वर्ष बेलायतको सेनामा सेवा गरेका गुरुङ गैर-आवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यु साउथ वेल्सका संयोजक हुन् ।
बेलायती सेनाबाट अवकास पाएपछि गुरुङ्गले करिब ११ वर्ष अस्ट्रेलिया सेनामा समेत काम गर्ने मौका पाएका थिए । सानै देखि समाज र देशका लागि केही गर्नुपर्छ भन्ने दृढ स्वभावका गुरुङ हरबखत नेपाली समुदायको सहयोगमा जुटिरहेका हुन्छन् । गरिब, दुखीहरुलाई मनदेखि नै सहयोग गर्न पछि नहट्ने स्वभावका गुरुङले नेपाली समाजका लागि थुप्रै पदमा बसेर काम गरिरहेका छन् ।
उनले सन् २००९-२०१३ सम्म गुरुङ तमु समाज सिड्नीको अध्यक्ष, २०१३-२०१७ सम्म गोर्खा नेपलिज कम्यूनिटीको उपाध्यक्ष र सदस्य, २०१७-२०१९ एनआरएनए अस्ट्रेलियाको राष्ट्रिय सचिव लगायतका पदका काम गरिसकेका छन् भने अहिले एनआरएनएको उपाध्यक्ष पदमा रहेर काम गरिरहेका छन्।
उनले लेख :
अष्ट्रेलियाको नेपाली समुदायका लागि जो कोहि पनि नेपालीलाई उद्दार गरि नेपाल फिर्ता पठाउनु साँचो अर्थमा नगरि नहुने तर गरेर सन्तुष्टि नहुने काम हो किनभने आफ्ना दिव्य सपनाहरु सांचेर अनेक परिस्थितीहरु संग सामना गरेर तय गरिएको यहाँसम्मको यात्रा सहज रुपमा अगाडी लान असमर्थ हुने नेपाली भाईवहिनीहरुलाई हामि सकेसम्म यहाँ नै बस्ने वातावरण मिलाऊन प्रयासरत रहे पनि कुनै कुनै अवस्थामा हामिले नेपाल फिर्ता नै पठाउनुपर्ने वाध्यतामा हुन्छौं जतिवेला हामि असाध्यै पिडामा हुन्छौ। तथापि परिस्थिती अनुसार कुनैकुनै केसमा नेपाल फर्किएको कुरा पनि खुसीको समाचार बन्ने अवस्थाहरु पनि नभएका भने होईनन। विभिन्न कारणहरुले गर्दा नेपाल फिर्ता पठाउन अति जरुरी रहेको एउटा केस भर्खर सुल्झाईएको छ। महिनौको प्रयासपछि संबन्धित भाई संग संपर्क स्थापित गरि सिड्नी स्थित अवैतनिक दुत दिपक खड्का दाज़ु र म दुवैजना पिडीत भाईसंग पहिलो भेंट लामों पर्खाई र पटक पटकमा घन्टौ छलफल गरि नेपाल फर्कने कुरामा आश्वस्त तुल्याएर सिड्नी विमानस्थलबाट नेपाल फर्काउन सफल भएको कुरा जानकारी गराऊन चाहन्छु। निज भाईका आफन्तहरुले नेपाल पुगिसकेको जानकारी गराएपछिमात्र ढुक्क हुन सकेको स्थितीमा यो केस कति गम्भिर र संकटपुर्ण थियो भन्ने आभाष हुन्छ। समाजमा हुने यस्ता परिघटनाहरुप्रति एक सामाजिक अभियन्ताको हिसावले आंखा चिम्लन पनि मिल्दैन। र पनि नेपाली दुतावासका यादव कोईराला ज्यु र दुतावास परिवार, अवैतनिक दुत दिपक खड्का दाज़ु, निज भाईका साथिहरु र परिवारजन र एनआरएन एनएसडव्ल्यु टिमको संयुक्त प्रयासमा यो केस सल्टिएको छ र सबैलाई म धन्यवाद प्रकट गर्दछु। यो टिमले यस्ता कैयौ केसहरुलाई सल्टाएको छ र पिडीतहरुलाई उद्दार तथा सक्दो राहत पनि उपलब्ध गराएको छ। समाजमा पर्ने यस्ता घटनाहरुलाई कम गर्नका लागि हामि सबैको सामुहिक प्रयास हुन जरुरी छ। आशा गरौं आगामि दिनहरुमा यस्ता घटनाहरु नदोहोरिउन। विद्यार्थि भाईवैनिहरुमा केहि समस्या भएमा परामर्सका लागि सधै हामिलाई संझिनुहोस।
पछिल्लो केहि वर्षमा अस्ट्रेलिया जाने बिद्यार्थीको संख्या अत्यधिक मात्रामा बढेको थियो। उता पुगेपछि बिद्यार्थीले आफुले सोचे जस्तो सहज नहुने भएपछी मानसिक रोगको सिकार हुने गरेका छन्। कन्सल्टेन्सीहरुले बेलैमा सबै जानकारी नदिएर पनि यस्तो अवस्था आएको धेरैले बताएका छन्।
त्यसैले विदेश जानु अघि आफु जान लागेको देश, रहन सहन, वातावरण, आय-श्रोत र आफुले खर्च धान्न सक्छु वा सक्दिन भन्ने हेक्का राख्नु पर्ने पनि बताउँछन।
गैर नेपाली आवासीय संघ अस्ट्रेलियाको उपाध्यक्ष गुरुङ्गले यसै वर्ष जुलाई ३१ मा हुन गईरहेको २०२१ – २०२३ को लागि निर्वाचनमा रास्ट्रिय अध्यक्षको उम्मेद्वारी फेसबुक मार्फत जानकारी दिइसकेका छन् भने आधिकारिक रुपमा आफ्नो उम्मेदवारी दर्ता भने १६ मे मा दिने भएका छन्।। सबैको मनमा बस्न सफल गुरुंगलाई पनि हाम्रो तर्फबाट शुभकामना।